perikesit haamijhain hunubheyo kheriset niseklengek taipeni lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 161 times.
Song added on : 6/20/2024
परीक्षित हामीझैँ हुनुभयो ख्रीष्ट निष्कलङ्क तैपनि
को. परीक्षित हामीझैँ हुनुभयो ख्रीष्ट निष्कलङ्क, तैपनि निर्दोष उहाँ
विजय-ध्वनि “समाप्त भयो” सुन्यौँ हामीले कलवरीमा
विचलित पार्ने कठोर परीक्षा सब अनुभव उहाँलाई छ
सर्वज्ञ येशू सधैँ तयारी, बुझ्नलाई हाम्रो दुःख-कष्ट
१. जुटाउन मेरो खाँचो शरीरको, खर्चन्छु जम्मै समय र धन
चिन्ता-फिक्रीले सबै भविष्य अँध्यारो पारी तर्साउँछ मन,
रोटीले मात्र मानिस बाँच्दैन ब्यवहार यसको बुझाउनुहोस्
निराशाको कालो बादलपारि आशाको किरण देखाउनुहोस् ।
२. ख्यातिको झलक, रूपियाँको टलक चुम्बकझैँ तान्छ मेरो मनलाई
सुखी म होऊँ, शक्तिले पूर्ण, गरून् सबैले मेरो बढ़ाइ,
संसारको पिरती राखेर मनमा ईश्वरको बागी लौ हुन्नँ म
अनन्त जीवन प्राण बहुमूल्य, संसारको लागि अङ्गाल्दिनँ ।
३. गर्जने सिंह शैतानका राजदूत लड़ाउन मलाई सधैँ तयार
मलाई दोष्याउने धूर्त दियाबलस गर्दछ अग्नि वाणको प्रहार,
त्राणकर्ता येशू बलियो गढ़ी, युद्धमा मेरो झुण्डको कप्तान
जयको भुमिकालाई अपनाउँदै जान्छु, बलमा येशूको नछाड़ी स्थान ।