din v din r herek pelpelmaa bel paaunechu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 77 times.
Song added on : 6/20/2024
दिन व दिन र हरेक पलपलमा बल पाउँछु
१. दिन व दिन र हरेक पलपलमा, बल पाउँछु परीक्षाहरूमा
भर पर्दै पिताको प्रबन्धमा, चिन्ता डरको कारण पाउँदिन
उहाँको हृदय असीम दयापूर्ण, प्रबन्ध गर्छन् हर दिन सर्वोत्तम
चाहे कष्ट चाहे आनन्द, दुःखसुखमा शान्ति र विश्राम ।
२. दिनदिनै प्रभु छन् मेरा नजीक, विशेष कृपासित हर घडी
सब फिक्रि बोक्दै तुल्याउँछन् हर्षित उनको नाउँ सल्लाहकार सामर्थी
आफ्नो छोराछोरीको सुरक्षाको जिम्मा बोक्छन् काँधमा आफ्नो
“दिन बमोजिम सामर्थ्य म दिन्छु”, यो प्रतिज्ञा मलाई छ उनको ।
३. मद्दत पाऊँ तब हरेक संकटमा, भर पर्न प्रतिज्ञाहरूमा
नगुमाऊँ भरोसाको सान्त्वना, मिल्छ जो पवित्र वचनमा
मद्दत पाऊँ कष्ट र परिश्रमलाई, स्वीकार्न पिताको हातबाट
एक-एक गर्दै दिन र क्षण बित्दछन्, प्रतिज्ञाको देश नपुगुन्जेल ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |